आजकल सुन बजार सुनसान छन । बजारमा सुन क्गरिड गर्ने ग्राहक फिटिक्कै छैनन् । बिक्रीका लागि भने दिनहुँ काँचो सुन तथा गरगहना समेत बिक्रीमा आएकाले व्यवसायीहरूले सुनको बजार मूल्य नै घटाएर खरिद गर्न थालेका छन्। सुनको मूल्य अत्यधिक बढेको र खरिद शुन्य जस्तै भएको र अत्यधिक सुन बिक्रीमा आएपछि व्यवसायीहरू बजार मूल्य भन्दा कम मुल्यान्कन गर्दै सुन खरिद गर्न बाध्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
‘बजार तलमाथि भइरहेको अवस्थामा अवस्थामा सुन किनेर मात्रै राख्न सक्ने अवस्था नभएको व्यवसायीह बताउछन् ।’बजारमा प्राय अप्ठ्यारो पर्यो कर्मचारीलाई तलब खुवाउन सकिएन, घर चलाउन गाह्रो भयो भनेर सुन बेच्न आउने ग्राहक छन्।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार कार्यसमितिले निर्णय नै गरेर सुनका गरगहना खरिदमा बढीमा ५ प्रतिशतसम्म मूल्य कम गरेर दिने निर्णय गरे बताए । यो विषम परिस्थितिमा रिर्टन फ्लो नभएकोले बढीमा ५ प्रतिशतसम्म सुनको मूल्य घटाउने सहमति देशभरिका व्यवसायीसँग छलफल गरेर गरिएको महासंघले जनाएको छ। तर यो शर्त सुनका गर–गहनामा मात्र लाग्ने र काँचो सुनमा भने नलाग्ने समेत महासंघले जनाएको छ।