हट्यो म्यानचेस्टर सिटीमाथिको प्रतिबन्ध

Sports

म्यानचेस्टर सिटीमाथि लगाइएको प्रतिबन्ध हटेको छ । फेब्रुअरीमा आर्थिक नियम तोडेको भन्दै गएको युरोपियन फुटबल महासंघ (युइएफए)ले म्यानचेस्टर सिटीलाई खेलमा प्रतिबन्ध लगाएको थियो ।

आगामी दुई सिजनका लागि युरोपियन प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएपछि म्यानचेस्टर सिटीले प्रतिबन्धविरुद्ध कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्समा अपिल गरेको थियो ।

सोमबार भएको फैसलामा प्रतिबन्ध हटाइएको र १० मिलियन जरिवाना तिर्नु पर्ने बताइएको हो । अब भने सिटीले आगामी सिजनको युरोपियन च्याम्पियन्स लिग खेल्ने पाउने भएको छ ।