नेपालमा ५ जिल्ला कोरोना संक्रमणमुक्त

Health-Education

नेपालका ५ जिल्लामा कोरोना संक्रमणमुक्त भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अनुसार संक्रमणमुक्त हुनेमा धनकुटा, भोजपुर, मुस्ताङ, मनाङ र हुम्ला रहेको बताउनुभयो ।

पछिल्लो २४ घण्टामा देशभर १४४ जना संक्रमित थपिएका छन् । यो संगै कूल संक्रमितको संख्या १६ हजार ९ सय ४५ जना पुगेको छ ।