coronavirus

लकडाउनले स्थगित त्रिविको परीक्षा सञ्चालनबारे निर्णय गरिँदै, शुक्रबारसम्म निर्णय आउने

Health-Education

लकडाउनका कारण स्थगित भएका परीक्षा सञ्चालनबारे त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी शुक्रबारसम्म निर्णय आउने  जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोसीले परीक्षाको बारेमा अहिले छलफल भइरहेको बताउँदै आगामी शुक्रबार निर्णय आउने जानकारी दिए। परीक्षा कहिले गराउने वा नगराउने विषयमा शुक्रबार निर्णय आउँछ।’ उनका अनुसार समितिले परीक्षाबारेको प्रतिवेदन बुझाएको छ।

त्रिविका अनुसार लकडाउनका कारण स्नातक तहको दोस्रो, तेस्रो र चौथो वर्ष,स्नातकोत्तर  तहको प्रथम वर्षको परीक्षा रोकिएको छ।