ओली – प्रचण्डबीचको वार्ता आज पनि निष्कर्षविहिन

Politics

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल सकिएको छ । बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वयले ‘वान टु वान’ वार्ता गरेका हुन् ।

दिउँसो साढे दुई बजेसम्म चलेको छलफल सकिएपछि प्रचण्ड बालुवाटारबाट बाहिरिनु भएको हो । मंगलबार कुरा नमिलेपछि बुधबारका लागि छलफल तय भएको थियो । आजको छलफलसमेत उपलब्धिमूलक नभएको स्रोतले जानकारी दिएको छ ।

पार्टी भित्र आन्तरिक विवाद चर्किदै जाँदा शुक्रबारका लागि बोलाइएको स्थायी समिति बैठक साउन २ गतेसम्म सरेको छ । बुधबार बालुवाटारमा प्रधानमन्त्रीसँग छलफल गर्नुअघि प्रचण्डले नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्नुभएको थियो ।