पर्साको ‘अयोध्यापुरी’मा उत्खनन गर्ने तयारीमा जुट्यो पुरातत्व विभाग

Interesting

पर्साको ‘अयोध्यापुरी’ मा पुरातात्विक तथ्य पत्ता लगाउन सरकारले उत्खनन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा अ‍ेलीले अयोध्यापुरी नै सक्कली ‘अयोध्या’ भएको दावी गरेपछि पुरातत्व विभागले चासो बढाएको हो । विभागले अब त्यहाँ अध्ययन र पुरातात्विक खोज सुरु गर्ने तयारी गरेको छ ।

एक अधिकारीले भने, “माथिबाट हामीलाई निर्देशन आउनासाथ हामी अयोध्यापुरीमा उत्खननको लागि प्रक्रिया अघि बढाउँछौं र प्रधानमन्त्रीले बोल्नुभएपछि यसबारे अनुसन्धान गर्नैपर्ने अवस्था आएको छ”। हाल विभागसँग भएको बजेटबाट काम अघि बढाउन नसक्ने भएकाले थप बजेटको व्यवस्था गरेर अयोध्यापुरीका क्षेत्रमा अध्ययन अनुसन्धान र प्रमाणहरुको संकलनको काम गर्न सकिने विभागले जानकारी दिएको छ ।

अहिले बाहिर आएका तथ्यहरु प्रमाणिक नभएको भन्दै विभागका अधिकारीहरुले अयोध्यापुरीमा उत्खनन गरेपछि मात्रै भगवान रामको ‘जन्मभूमि’ थियो वा थिएन भन्ने स्पष्ट हुने बताउँछन् ।