नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०७७/७८ का निम्ति मौद्रिक नीति ल्यााउने भएको छ ।
दिउँसो ३ बजे एक कार्यक्रमकाबीच गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । गभर्नर अधिकारीको यो पहिलो मौद्रिक नीति हो । कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्र शिथिल शिथिल बन्दै गएको अवस्था मा देशको अर्थतन्त्रलाई मार्ग निर्देशित गर्नका निम्ति यसपटकको मौद्रिक नीति लाई महत्वकासाथ हेरिएको छ ।
लकडाउनका कारण अस्तव्यस्त भएको अर्थतन्त्रलाई सम्बोधन गर्नुपर्ने र धराशायी बन्दै गएको व्यवसाय पुनर्जीवित गर्नका निम्ति नेपाल राष्ट्र बैंकले सहुलियत योजना ल्याउनुपर्ने निजी क्षेत्रको भनाइ छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाको पूजी बृद्धि र मर्जरका विषयमा समेत यसपटकको मौद्रिक नीतिले ठोस निर्णय लिने अपेक्षा गरिएको छ ।