नेल्सन मण्डेलाकी छोरीको मृत्यु पछि कोरोना पुष्टि

International

दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जिन्जी मण्डेलाको मृत्युपछि कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ । गएको सोमबार जोहान्सबर्ग अस्पतालमा  निधन भएकी ५९ वर्षिय जिन्जीको कोरोना रिपोर्ट आउन बाकीँ रहेको थियो ।

उनको मृत्यु भएपछि मात्र कोरोना रिपोर्ट पोजटिभ आएको जनाइएको छ । उनको कोरोनाको रिपोर्ट आएपछि पोष्टमार्टमको रिपोर्ट आउन बाकीँ रहेको जनाइएको छ ।