कोभिड–१९ रहेसम्म अन्य बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने

Economy

कोरोना भाइरस (कोभिड–१९)को त्रास रहेसम्म कुनै एक बैंकको एटीएमबाट अर्को एटीएम प्रयोग गरी पैसा निकाल्दा शुल्क नलाग्ने भएको छ ।

आर्थिक वर्ष २०७७–७८ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो जानकारी दिनुभएको हो ।