शिद्धार्थ राजमार्गमा हिजो साँझदेखि गएको पहिरोले एउटा ट्रक पुरेको छ । चालक र सह चालक भने भागेर बाँच्न सफल भएका छन् ।
तानसेन नगरपालिका वडा नम्वर ८ को गैडेपुल नजिकै माथिबाट गएको पहिरोले लु १ क ११७५ नम्वरको ट्रक पुरेको हो ।
पहिरो पन्छाउन दुबै तर्फबाट डोजर लगाइए पनि दिनैभर सडक अबरुद्ध हुन सक्ने पाल्पाका प्रहरी प्रमुख एसपी दिपक खरेलले बताएका छन् ।
त्यहाँको पहिरोका कारण बाग्लुङ्ग, गुल्मी, स्याङ्गजा , पाल्पा र पोखरातर्फ आवत जावत गर्ने यात्रुवाहक र मालवाहक सवारी साधन ठप्प भएका छन् ।
पहिरोले सडकमा रोकिएको ट्रक पूरै ढाकिने गरी पुरेको छ । ट्रक पुरिँदा मानवीय क्षति भए–नभएको यकिन नभएको डीएसपी गिरीले बताए । दुई सय मिटर माथिदेखि ढुंगा, गिट्टीसहितको पहिरो खसेको छ ।
पहिरो पन्छाउन बुटवलतर्फ र पाल्पातर्फबाट जेसीबी ल्याएर काम गर्ने तयारी भइरहेकाले सडक खुलाउन शनिबार दिनभर लाग्नसक्ने गिरीले बताए । ‘पहिरो खसेको स्थानमा रहेको ट्रक नालामा फसेको र पुरिएको छ,’ डीएसपी गिरीले भने, ‘माथिल्लो भागबाट निरन्तर ढुंगासहितको पहिरो खसेकाले सडक सुचारु गर्न केही समय लाग्छ ।’