आजदेखि केही दिन देशभर भारी वर्षा हुने

News

आज देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश २, बागमती, गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै प्रदेश १ र प्रदेश ५ का थोरै स्थानहरूमा भारी वर्षाको  सम्भावना भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि र पर्सि दुई दिन पनि सबै प्रदेशहरूमा पानी पर्ने सम्भावना छ ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेकोले मौसममा असर परेको महाशाखाको भनाई छ ।