दक्षिण एसियाकै सानो मुकुक भुटान बिकासको आधारमा नेपालभन्दा प्रगति गर्दै छ। यति सानो मुलुकको प्रगतिको राज यस प्रकार छ :
१. भुटानमा ६५ वर्ष उमेर नाघे पछि सांसद, मन्त्री वा प्रम बन्न पाईदैन।
२. भुटानका राजा पनि ६५ वर्ष नाघेपछि रिटायर हुन्छन्।
३. भुटानमा दुई कार्यकाल भन्दा बढी प्रधानमन्त्री बन्न पाईदैन।
४. भुटानमा स्नातक नभई सांसद बन्न पाईदैन।
५.राजनीतिक सरकार संचालन मेरिटोक्रेसीमा चल्छन्।
६. भुटानका नेता र कर्मचारी अधिकाँश युरोप, अमेरिकाका प्रसिद्ध विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गरेकाहरू छन्।
७. भुटानका मन्त्री, प्रमहरू पेशागत विज्ञ हुन्छन्।
८. त्यहॉका मन्त्री र कर्मचारी अंग्रेजी भाषामा पूरा दख्खल राख्छन्।
९. संसदमा दुई दल हुन्छ तर सत्ता पक्ष र प्रतिपक्षको अलग बेन्च हुदैन, वर्णानुक्रमानुसार सिट राखिन्छन्।
१०.भुटानमा क्रिमिनल रेकर्ड भएका वा सजाय पाएका कोही पनि ब्यक्ति सांसद मन्त्री वा अन्य तहका नेता बन्न सक्दैनन्।