सरकारले निजी सवारीको जोर विजोर प्रणाली हटाएको छ । मन्त्रिपषिद्को सोमबार बसेको बैठकले जोर विजोर हटाउने निर्णय गरेको हो ।
त्यस्तै लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।