भारतमा सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३७ हजार ७२४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या ११ लाख ९२ हजार ९१५ पुगेको अधिकारीहरुले जनाएका छन् ।
केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ६४८ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ। त्यसैसँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म २८ हजार ७३२ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
भारतमा अहिले पनि ४ लाख ११ हजार १३३ जना संक्रमित अवस्थामै रहेका छन् भने ७ लाख ५३ हजार ५० जना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट भारतमा सबैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र प्रदेशमा ३ लाख २७ हजार ३१ जना संक्रमित भएका छन् भने संक्रमणको कारण १२ हजार २७६ व्यक्तिको मृत्यु भएको छ ।
त्यसपछि तमिलनाडुमा १ लाख ८० हजार ६४३ संक्रमित रहेका छन् । राजधानी समेत रहेको दिल्ली प्रदेशमा १ लाख २५
हजार ९६ कोरोना भाइरस संक्रमित रहेका छन् ।