मापसे चेकिङ बुधबारदेखि

News

लकडाउन खुलेसँगै ट्राफिक प्रहरीले मादक पदार्थ सेवन(मापसे) चेकिङ गर्ने भएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारदेखि मापसे चेकिङ र ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गर्ने जनाएको छ । महाशाखाका अनुसार लकडाउन अवधिमा होटल, रेस्टुरेन्टमा टेक वे र होम डेलिभरी मात्र सञ्चालनमा आएको थियो तर अब सामाजिक दूरी अपनाएर सञ्चालन हुने भएपछि मापसे चेकिङ कडाइका साथ लागु हुनेछ ।कोभिड–१९ को संक्रमण सुरु भएसँगै ट्राफिक प्रहरीले जोखिम बढ्ने भन्दै मापसे चेकिङ बन्द गरेको थियो ।