प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
भेटमा सभापति देउवाले प्रधानमन्त्री ओलीको कोरोना र बाढी पहिरोका सम्बन्धमा ध्यानाकर्षण गराएको नेकपाका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
लकडाउनका बाबजूद संक्रमितको संख्या बीस हजार पुग्न लागेको र तीन दर्जन बढीको मृत्यु भएको कुरा पनि उनले स्मरण गराएका थिए ।
पीसिआर प्रविधीबाट मात्रै परीक्षण गर्न आग्रह गरेका देउवाले क्वारेन्टिनहरु अझैपनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएकोमा आपत्ति प्रकट गरेका थिए ।