ओलीलाई प्रधानमन्त्रीबा विदा गरौं, प्रधानन्यायाधीशलाई महाभियोग लगाऔँ : बाबुराम भट्टराई

Politics

जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले संसद अधिवेशन बोलाएर प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई बिदा गर्नु पर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले देश गम्भीर संकटतिर गइरहेको उल्लेख गर्दै लोकतान्त्रिक ढंगले संकटमोचनका लागि केपी ओलीलाई प्रधानमन्त्रीबाट बिदा गरेर नेकपाबाटै अर्को प्रधानमन्त्री बनाउन भनेका छन् । त्यस्तै उनले महान्यायाधीश चोलेन्द्र शमसेर जबरामाथि महाअभियोग लगाउन प्रस्ताव गरेका छन् ।

यसका साथै उनले भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जान पनि प्रस्ताव गरेका छन् । उच्च अदालतले पनि २०७२ मंसिर २३ गते जिल्लाकै फैसलालाई सदर गरेको थियो ।

जन्मकैद सजाय काटिरहेका कोइरालाको मुद्दामा सर्वोच्च अदालतले गत असार १५ गते ८ वर्ष ६ महिना मात्रै थुना बसे पुग्ने भनेपछि उनी बिहीवार बिहान छुटेका हुन् । श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलापछि सर्वोच्च अदालतको चर्को आलोचना भइरहेका बेला बाबुरामको यस्तो भनाइ आएको हो ।