‘वर्षा र सहकाल’का देवता रातो मच्छिन्द्रनाथको रथारोहण गराईएको छ । आज नागपञ्चमीका दिन दिउँसो सवा १२ बजेको शुभसाइतमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराईएको हो ।
काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्राका रुपमा रहेको मच्छिन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिने भएपनि यो वर्ष कोभिड—१९ का कारण केही समय ढिला भएको हो ।
लिच्छवीकालदेखि निरन्तर चल्दै आएको जात्रामा रथारोहणको अन्तिम साइज आज परेकाले आज नै रथारोहण गरिएको उहाँले बताउनुभयो । रथारोहण गरिएपनि रथ कहिले तान्ने भन्ने निर्णय भने नभएको उहाँले बताउनुभयो ।
जात्रामा २० जनाभन्दा बढीलाई सहभागि नगराइने निर्णय भएपनि उल्लेख्य सहभागिता रहेको थियो । पाटनको तः बहामा रहेको सत्तलमा राखिएको रातो मछिन्द्रनाथलाई खटमा राखेर नगर परिक्रमा गराउँदै पुल्चोकमा बनाइएको रथमा बिराजमान गराइएको हो ।