मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का विषयमा नेपाल सरकारले गरिरहेको कामबारे अमेरिकाले चासो राखेको छ । आइतबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले एमसीसीका विषयमा चासो राखेका हुन् ।
सत्तारुढ दल नेकपाकै नेताहरु एमसीसी अनुमोदन गर्न हुने र नहुने पक्षमा विभाजित भएका बेला राजदुत बेरीले भेट गरेका हुन् । भेटमा राजदूत बेरीले एमसीसीको विषय के भइरहेको छ भन्दै चासो राखेको रक्षा मन्त्रालयका सहसचिव सन्तबहादुर सुनारले जानकारी दिनुभयो ।
रक्षामन्त्री पोखरेलले सरकार अझै छलफलमा रहेकाले अनुमोदन गर्न ढिला भएको बताउनुभयो । एमसीसीका विषयमा सरकारले गम्भीर छलफल गरिरहेको पनि पोखरेलले बेरीलाई जानकारी गराउनुभएको थियो ।