विराटनगरमा अत्यावश्यक बाहेक सबै सेवा बन्द

News

मोरङको विराटनगर महानगरपालिकाले आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।
कोरोना संक्रमण समुदायमा फैलिन सक्ने सम्भावना बढेपछि यस्तो निर्णय गरिएको महानगरपालिकाले जनाएको छ ।
मेयर भीम पराजुलीको अध्यक्षतामा आइतबार बसेको नगरस्तरीय कोभिड-१९ संकट व्यवस्थापन समिति (सिसिएमसी) बैठकले यस्तो निर्णय गरेको हो ।
नगर तथा वडा कार्यालयले प्रदान गर्ने अत्यावश्यक सेवाहरु दमकल, एम्बुलेन्स, स्वास्थ्य, सरसफाइ, राजश्व व्यवस्थापन, सामाजिक सुरक्षा तथा अत्यावश्यक सिफारिशबाहेक अन्य सबै सेवा स्थागित गर्ने निर्णय महानगरपालिकाले गरेको छ ।

बैठकले उद्योगी, व्यवसायी र सम्बन्धित सरोकारवालासँग आवश्यक छलफल गरी थप नगरभित्र थप कडाइ गर्ने निर्णयसमेत गरेको छ ।

प्रदेश १ मा आइतबार थप ३१ जनामा कोरोना संक्रमण देखिएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २२ र इलाममा नौ जनामा संक्रमण देखिएको हो ।