बलिउडका एक्शन डाइरेक्टर परवेज खानको निधन भएको छ ।
५५ वर्षीय खानको हार्टअट्याकका कारण मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।उनले श्रीराम राघवनसँग सुपरहिट फिल्म अन्धाधुनमा समेत काम गरिसकेका थिए । शिरमा असह्य पीडा भएपछि उनलाई मुम्बईको रुबी अस्पतालमा भर्ना गरिएको थियो ।
उनको सोमवार विहान अचानक हार्टअट्याक भएका कारण मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उनले शहारुख खान, बोबी देओल, आयुष्मान, शाहिद कपूर, राजकुमार राव जस्ता अभिनेताहरुसँग काम गरेका थिए ।