जस अनुसार २०७७ भदौ १ गतेदेखि नयाँ विद्यार्थी भर्ना गर्ने र कक्षागत रुपमा विद्यार्थीको संघात्मक विवरण संकलन गर्नुपर्ने, शैक्षिक सत्र २०७६ को नतिजा प्रकाशन गर्न बाँकी रहेको भए त्यस भन्दा अघि नै नतिजा प्रकाशन गर्नुपर्ने रहेको छ।
नयाँ शैक्षिक सत्रमा अध्ययन गर्ने विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन बाँकी भए उपलब्ध गराउने, विद्यालयको शैक्षिक क्रियाकलाप सञ्चालनार्थ विद्यालय शिक्षक विद्यालय पुगिसक्ने व्यावस्था मिलाउने तथा सकेसम्म विद्यालय भवन तथा परिसरमा क्वारेन्टिन र आइसोलेशन सम्बन्धी कार्यहरु सञ्चालन नगर्ने र क्वारेन्टिन तथा आइसोलेसनको रुपमा प्रयोग हुन छाडेका विद्यालय भवनलाई तोकिएको मापदण्ड बमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न योग्य बनाउने निर्णय पनि मन्त्रालयले गरेको छ।
विद्यालय परिसरभित्र तथा विद्यार्थी आवागमनमा प्रतिकूल असर पर्ने गरी वा विद्यालय क्षेत्रको निकट हुने गरी कोभिड-१९ रोकथाम र नियन्त्रण सम्बन्धी संरचना नराख्न सरोकारवालालाई अनुरोध गर्ने निर्णय पनि मन्त्रायले गरेको छ।