सरकारले विद्यालय भवन तथा परिसरमा क्वारेन्टाइन र आइसोलेसनसम्बन्धी कुनै काम सञ्चालन नगर्ने निर्देश दिएको छ । क्वारेन्टाइन र आइसोलेसनका रुपमा प्रयोग हुन छाडेका विद्यालय भवनलाई स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न योग्य बनाउन समेत सरकारले निर्णय गरेको छ ।
यसबाहेक विद्यालय र परिसरभित्र तथा विद्यार्थी आवागमनमा प्रतिकुल असर पर्ने क्षेत्रमा कोभिड-१९ रोकथाम र नियन्त्रणसम्बन्धी कार्य एवं संरचना संचालन नगर्न सरकारले निर्देशन दिएको छ ।
शैक्षिक सत्र २०७६र०७७ को नजिता प्रकाशन गर्न बाँकी रहेका भए नजिता प्रकाशन गर्ने, भदौ १ गतेबाट नयाँ विद्यार्थी भर्ना र कक्षागत रुपमा विद्यार्थीको विवरण एकिन गर्न पनि सरकारले भनेको छ।
विद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलब्ध गराउने, शैक्षिक कृयाकलाप सञ्चालन गर्न विद्यालय शिक्षकहरुलाई विद्यालय पुगिसक्ने व्यवस्था समेत सरकारले थालेको जनाएको छ ।