सुशान्त आत्महत्या केस : ‘सुप्रीम कोर्ट’ले खारेज गर्यो ‘सीबीआई’ जाँचको माग

Entertainment

बलिउड अभिनेता स्वर्गीय सुशान्त सिंह राजपुतको केसमा अब बिहार पुलिस अनुसन्धानमा जुटेको छ ।

पुलिसले उनकी बहिनी मीतु सिंह र उनका साथी कृष्णा शेट्टीसँग पनि शोधपुछ गरेको छ ।

सुशान्तका फ्यान तथा केहि कलाकारहरुले उनको सीबीआई जाँच गर्न माग गरिरहेका छन् । यसैबीच सुप्रिम कोर्टले उक्त मागको याचिका खारेज गरेको छ ।

पुलिसलाई उसको काम गर्न दिइयोस् भन्दै कोर्टले यो याचीका खारेज गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अभिनेता सुशान्तले गत जून १४ को राती दोश्रो प्रहरमा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।