सभामुख निवासमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण

Health-Education

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवास बालुवाटारमा कार्यरत एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै सभामुखसहित ३० भन्दा बढीको स्वाब संकलन भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।