भ्रष्टाचार विरोधी भनेर आफुलाई चिनाउने नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले प्रहरीमा आफुले कुटाइ खाएको जानकारी दिएका छन् । शनिबार विहान ११ बजे तिर श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलले आफ्नै कार्यालयका दुई कार्यालय सहयोगी महिलाहरुले कुटपिट गरेको प्रहरीलाई बताएका हुन् ।
कार्यालय सहयोगी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालाले कामको बारेमा विवाद भएपछि आफुलाई कुटपिट गरेको प्रहरीलाई बताएका छन् । सञ्जेलमा माथि दुई कार्यालय सहयोगी महिलाहरुले चप्पल , पेपर ,पञ्चिङ मेसिन लगायतका सामानले प्रहार गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।
महिलाहरुले भने प्रमुख सञ्जेलले अमानवीय व्यावहार गरेको गाली गलौज गरेको जथाभावी बोलेको र हातपात गर्ने गरेको आरोप लगाएका छन् । उनीहरुले अफिसमा पनि अनावश्यक दुःख दिने २४ घण्टा काममा लगाउने अभद्र व्यवहार गर्ने र महिलाहरुलाई एक्लै एक्लै काममा बोलाउने गरेको भन्दै सञ्जेललाई कारवाही हुनुपर्ने माग गरेका छन् ।