कोरोनाको भयावह तस्वीर : एम्बुलेन्स छोडेर भागे स्वास्थ्यकर्मी

Health-Education

भारतको बिहारस्थित सुपौलमा उपचारको लागि लैजानेक्रममा एक कोरोना संक्रमितको मृत्यु भएपछि स्वास्थ्यकर्मीहरु एम्बुलेन्स छोडेर भागेका छन् । कोरोना संक्रमितको उपचारका लागि अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको थियो । त्यहाँ रहेका सबै स्वास्थ्यकर्मी मृत्यु भएपछि भागेका भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । संक्रमितको मृत्यु पछि पनि एम्बुलेन्समा उनकी श्रीमती भने बसिरहेकी थिइन् । तर उनलाई सोध्न वा सहयोग गर्न कोहि पनि गएनन् । कोरोना संक्रमितको मृत्यु पछि पनि घण्टौँसम्म त्यहाँ कोहि मानिस सहयोगका लागि आएनन् । अहिले उक्त मृतककी श्रीमतीलाई पनि कोरोना संक्रमण भएको र उनी होम क्वारेन्टाइनमा रहेको बताइएको छ । कोरोना संक्रमणका कारण भारतमा अहिलेसम्म ३७ हजार ४१५ जनाको मृत्यु भएको छ भने १७ लाख ५४ हजार ११७ जनालाई संक्रमण भएको छ ।त्यस्तै ११ लाख ४८ हजार १०३ जना कोरोना संक्रमण भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था ग्म्भीर रहेको छ । त्यहाँ ५ लाख ६८ हजार ५९९ जना उपचाररत छन् ।

कोरोना की दर्दनाक तस्वीर, पीड़ित के मरते ही एंबुलेंस छोड़कर भाग गए लोग

कोरोना की दर्दनाक तस्वीर, पीड़ित के मरते ही एंबुलेंस छोड़कर भाग गए लोग

 

एजेन्सीको सहयोगमा