कोरोनाबाट थप २ जनाको मृत्यु, मृतक संख्या ७५ पुग्यो

Health-Education

कोरोनाका कारण नेपालमा थप २ जनाको  मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कास्की पोखरा महानगरपालिका १९ बस्ने ६२ वर्षीय पुरुषको २४ गते राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्कीमा उपचारको क्रममा मृत्यु भएको हो । उनी मधुमेहका रोगी भएको गौतमले जानकारी दिनुभयो ।

त्यस्तै, पर्सा जिल्ला वीरगन्ज महानगरपालिका- २ की २० वर्षीया १ महिलाको पनि कोरोनाका कारण मृत्यु भएको छ । उनलाई नारायणी अस्थायी कोरोना विशेष अस्पताल पुर्याइएपछि मृतक घोषित गरिएको थियो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७५ पुगेको छ।