गोंगबु हत्या प्रकरण : शवको सनाखत भयो , थप तथ्य पत्ता, एक घर सील !

Crime

गोंगबु गणेशस्थानमा सुटकेशमा फेला परेको शवको सनाखत भएको छ । सुटकेशमा भेटिएको शव दाङका कृष्णबहादुर बोहराको भएको प्रहरीले जनाएको छ । उनी एक गार्मेन्टमा कार्यरत थिए ।आईतवार बिहान ७ बजे गोंगबुमा टाउको र शरिर झोलामा हालिएको अवस्थामा फेला परेको थियो । घटनास्थलको ५० मिटर पर हत्या भएको तथ्य प्रहरीले पत्ता लगाएको हो । त्यस्तै एक घर सील गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले शवको पहिचान खुल्न नसकेपछि प्रहरीले मृत व्यक्तिको फोटो सार्वजनिक गर्दै सर्वसाधारणलाई खोजी कार्यमा सहयोग गर्न अपिल समेत गरेको थियो ।  उनको हत्या कसले र किन गर्यो भन्ने विषयमा भने छानविन भइरहेको प्रहरीले जनाएको छ ।

गोंगबुमा सुटकेसभित्र टाउकोविनाको शव भेटियो