टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले यहि अगस्ट १७ मा स्मार्ट कनेक्ट र एबीएस सहितको आफ्नो २०० सीसीको नयाँ मोडल सार्वजनिक गर्दै छ । महामारीको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले उक्त मोटरसाइकल नेपालमै प्रथम पटक लाइभ स्मार्टमार्फत लन्च गर्न लागेको हो । सो कार्यक्रम जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजलगायत अन्य १०० भन्दा ज्यादा चर्चित फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ।यो कार्यक्रम एउटा खुल्ला सहभागीतामूलक समारोह हुने कम्पनीले बताएको छ जसमा कम्पनीले उपलब्ध गराउने लिंक (https://www.facebook.com/jmtvs/live)को माध्यमबाट इच्छुक व्यक्तिहरुले सहभागिता जनाउन पाउनेछन्।उक्त लाइभ स्मार्ट लन्च कार्यक्रममा नयाँ मोटरसाइकलको अनावरण राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले गर्ने भएका छन्। उक्त कार्यक्रममा चर्चित कलाकार स्वप्न सुमन, तृष्णा गुरुङ र समृद्धि राईको रोमाञ्चक सांगीतिक प्रस्तुति पनि रहनेछ।