जापानका प्रधानमन्त्री सिन्जे आवे अस्पतालमा भर्ना भएका छन् । प्रधानमन्त्री कार्यालयका अधिकारीका अनुसार उनि स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएका हुन् ।
पूर्व अर्थमन्त्री अकिरा अमारीले एउटा टिभी कार्यक्रममा प्रधानमन्त्रीलाई आरामको आवश्यकता भएको बताएको भोलिपल्ट नै उनि अस्पताल गएका हुन् । प्रधानमन्त्री आवेलाई अहिले तत्काल ख्याल नगरेमा पछि अरु ठूला समस्याहरु पनि आउन सक्ने संकेत देखिएको छ ।
तर उनकै कतिपय सहयोगी तथा मन्त्रीपरिषद्का सहयात्रीहरुले भने प्रधानमन्त्री आवेले राम्रोसँग काम गरिरहेकाले स्वास्थ्यमा समस्या भएजस्तो नभएको उल्लेख गरेका छन् ।