हालसम्मकै धेरै कोरोना संक्रमित : एक हजार १६ जना संक्रमित भेटिए

Health-Education

नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिएका छन्। गत माघमा चीनबाट फर्किएका पहिलो संक्रमित भेटिए यताकै सबैभन्दा धेरै एकै दिन एक हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो संख्या नेपालमा एकै दिन भेटिएको अहिलेसम्मकै सर्वाधिक हो। लकडाउन खुलेसँगै मानिसको बढी चाप रहेका सहरी क्षेत्रमा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदैछ। पछिल्लो पटक कोरोनाको हटस्पट काठमाडौं उपत्यका बनेको छ। यसबाहेक प्रदेश २ का का पर्सा, धनुषा, रौतहटसहितका जिल्लामा पनि कोरोना संक्रमण बढ्दो छ।