अहिले सामाजिक सञ्जालमा एउटा गीति भिडियो र सोही भिडियोबाट निकालिएको फोटो भाइरल भइरहेको छ । मंगल होप नामक युट्युब च्यानलबाट सार्वजनिक ‘देशद्रोही’ नामको म्युजिक भिडियोमा नेपालको झण्डा जलाइएको देखाइएको छ । झण्डा सँगसँगै पूर्वराजा ज्ञानेन्द्र शाहसहित नेताहरुको फोटो पनि जलाइएको छ ।
यो तस्विर हामी पोष्ट गर्नपनि असमर्थ थियौँ । भिडियोको शब्द र विषयवस्तु समसामयिक भएपनि भिडियोमा राष्ट्रिय झन्डा जलाईएको छ जुन आपत्तिजनक छ। त्यस्तै भिडियोमा एक जाति /वर्ग विशेषलाई लक्षित गरि देशद्रोही भनिएको छ। ‘ढालजस्तो ढाकाटोपि’, ‘ब्राजस्तो हिन्दु झन्डा बोकी’, ‘हेहे! होहो शरणार्थी बाहुनछेत्री हो!’ जस्ता शब्दहरु गीतमा समावेश गरिएको छ । सो गीतको भिडियोमा लाइक भन्दा बढी डिसलाइक आएको छ भने कमेन्ट गर्नेहरु प्रायः सबैले भिडियोप्रति असहमति जनाएका छन् ।
मुलुकी अपराध (संहिता) ऐन २०७४,को १५१ को दफा १ र २ अनुसार नेपालको राष्ट्रिय झण्डा जलाउने र च्यात्नेलाई तीन वर्षसम्म कैद वा ३० हजारसम्म जरिवाना वा दुवै हुने उल्लेख छ । यसअघि गीतमा छाडा शब्द प्रयोग गर्ने, प्रहरीको लुगा लगाएर आपत्तिजनक भिडियो बनाउनेलाई प्रहरीले समातेको थियो ।
म्युजिक भिडियोका नाममा बनाइएको यो भिडियो हज्जारौले देख्दा समेत राज्यले देखेन यसैले तत्कालै प्रहरी प्रशासनले समेत देख्नेगरी सेयर गरौँ । राष्ट्रिय झण्डाको यो अवस्था कुनैपनि सच्चा नागरिकले देख्न सक्दैन । क्रिपया सक्दो सेयर गर्नुहोस् । उनीहरुलाई तत्कालै कारवाही गरियोस । यो भिडियो तत्कालै डिलिट होस् ।
Youtube Post Title
Mongolhop- Deshdrohi[Official Video] Mongol Gyalz Lee
सबैको जानकारीको सेयर गर्नुहोस !!