कोरोना संक्रमणलाई समुदाय स्तरमा फैलाउन प्लास्टिकको झोलाको ठूलो भूमिका

News

कोरोना संक्रमणलाई समुदाय स्तरमा फैलाउन प्लास्टिकको झोलाले ठूलो भूमिका खेलिरहेको तथ्य प्रकाशमा आएको छ । सावधानीका उपाय नअपनाई तरकारी लगायत दैनिक उपभोग्य बस्तु विक्री गर्न प्रयोग गरिएका झोलाले संक्रमण फैलाउन मद्दत पुर्‍याइरहेको चिकित्सकहरुले बताएका छन् ।

पर्सा जिल्लाको सदरमुकाम वीरगन्ज र ग्रामिण भेगका टोलबस्तीमा तरकारी लगायतका दैनिक उपभोग्य बस्तु खरिद-विक्री गर्न प्रयोग भइरहेका नगद तथा प्लास्टिकका झोलाले संक्रमणलाई घरभित्र पुर्‍याउने काम गरिरहेको हो । पञ्जा नलगाउने र सेनिटाइजर लगायत संक्रमणबाट जोगिने सावधानीका उपाय नअपनाई बस्तुको खरिद विक्रीमा प्रयोग भएका नगद तथा प्लास्टिकका झोलाले कोरोना संक्रमणलाई बढाउने काम गरेको विश्व स्वास्थ्य संगठनको अध्ययनले समेत पूस्टि गरेको छ ।
निषेधाज्ञाका बाबजुद ग्रामिण बस्तीमा लाग्ने तरकारी बजार र त्यहाँ हुने असुरक्षित लेनदेनले ग्रामिण भेगमा संक्रमितको संख्यालाई बढाएको हों।

पर्सा जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९० र कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । दैनिक उपभोग्य बस्तुको खरिद विक्रीमा सावधानी नअपनाए आउने दिनमा संक्रमितको संख्या ह्वात्तै बढ्दै जाने चिकित्सकहरुले चेतावनी दिएका छन् ।।