काठमाडौंमा उपत्यकामा थपिए १ सय ६६ कोरोना संक्रमित

Health-Education

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये काठमाडौंमा १ सय २६, ललितपुरमा १२ र भक्तपुरमा २८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । नेपालमा बितेको २४ घण्टामा थप ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने बितेको २४ घण्टामा थप २ सय ८१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।