कीर्तिपुरमा प्रहरीको गाडी दुर्घटना हुँदा ७ जना घाइते

News

महानगरीय प्रहरी वृत्त कीर्तिपुरको गाडी दुर्घटनामा परेको  छ । डियुटी सिफ्टका लागि पाँगाबाट सुन्दरीघाटतर्फ जाँदै गरेको भ्यान कीर्तिपुर नगरपालिका-६ चोभारगेट नजिकै दुर्घटनामा परेको हो ।

वृत्तका प्रहरीका अनुसार बा १ झ ८०६४ नम्बरको भ्यानमा ११ जना सवार थिए । त्यसमध्ये सात जना घाइते भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ । ‘ड्युटीका लागि पिक एण्ड ड्रप्ट गर्ने गाडी ड्युटी सिफ्ट गर्न जान हिँडेका प्रहरीको गाडीको ब्रेक फेल भएर दुर्घटनामा परेको महानगरीय प्रहरी बृत्त कीर्तिपुरका प्रहरी निरीक्षक सुशील केसीले जानकारी दिनुभयो ।

दुर्घटनामा परि सात जना प्रहरी जवना घाईते भएका छन् । घाईते हुनेमा प्रहरी जवानहरू भुपेन्द्र कुमार सिंङ,दिनेस चौधरी,कमल चौधरी धनबहादुर बोरा,राजकुमार शाहा,इन्द्रदेव जोशी अर्जुन सिङ भात रहेका छन् ।

घाईते मध्य पाँच जनाको उपचारपछि डिस्चार्ज भएका छन् भने दुई जना अस्पताल रहेका छन् । उनीहरूको उपचारका लागि कीर्तिपुर अस्पतालमा पठाइएको छ । घाइते प्रहरीहरूको अवस्था सामान्य छ ।