कोरोना संक्रमणकै कारण थप ७ जनाको मृत्यु, मृतकमको संख्या १६४ पुग्यो

Health-Education

नेपालमा कोरोना संक्रमणका कारण थप सातजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टायता एक महिला र ६ पुरुषको ज्यान गएको हो । काठमाडौँका दुई पुरुष र एक महिलाको मृत्यु भएको हो । यस्तै सिरहा–पर्सा–धनुषा र रूपन्देहीका एक/एक पुरुषको ज्यान गएको छ । यससँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक सय ६४ पुगेको छ ।

आज देशभर आठ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ । ११ हजार तीन सय २७ पीसीआर गर्दा दुई सय ७१ महिला र पाँच सय ८४ पुरुष संक्रमित भएका हुन् । यसमध्ये काठमाडौँ उपत्यकाका दुई सय ३२ जना संक्रमित भएका छन् । काठमाडौँका एक सय ९९, ललितपुरका १९ र भक्तपुरका १४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज तीन सय १३ जना निको भई घर फर्किएका छन् । देशभर १४ हजार दुई सय ५० जना आइसोलेसनमा उपचाररत छन् । क्वारेन्टाइनमा १० हजार चार सय ५३ जना रहेका छन् । अहिले मुस्ताङ र हुम्ला संक्रमितमुक्त छन् ।