मोबाइल बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ताको संख्या ९ लाख माथि

Economy

पछिल्लो समय नेपाली बैंकिङ प्रणालीमा प्रविधिको प्रयोग बढ्दै गएको छ । प्रविधिको विकास र विस्तारले सेवा प्रवाह र लिनेलाई सजिलो हुने भएकाले यसको प्रयोग व्यापक रुपले विस्तारित भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि आएको छ ।

नेपालमा वित्तीय पहुँच विस्तारै बढ्दै गएको छ । मोबाइल बैंकिङसँगै इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । गएको चार वर्षमा ४ लाखबाट यस्ता प्रयोगकर्ता अहिले ९ लाख पुगेका छन् । चेक र क्यासको सट्टा अनलाइन भुक्तानी तथा कारोबारप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको हो ।बैंक तथा वित्तीय संस्थामा आम ग्राहकको ३ करोड २४ लाख ५४ हजारभन्दा बढी निक्षेप खाता रहेका छन् । निक्षेपकर्ताले खोलेका खातामध्ये २ करोड ७७ लाख २४ हजार ७ सयभन्दा बढी खाता निक्षेप वाणिज्य बैंकमा रहेको छ भने ४० लाख ७५ हजारभन्दा बढी खाता विकास बैंक र ६ लाख ५४ हजार खाता फाइनान्स कम्पनीमा रहेको छ ।

गत आवको अन्त्यसम्म सवा तीन करोड निक्षेप खाता खोलेपनि कर्जा खाता भने १५ लाख ४४ हजार ५९ मात्रै रहेका छन् । यहि अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ता बढेर एक करोड १३ लाख ६ हजार ७ सय ९७ पुगेका छन् । प्राय सबैको हातमा मोबाइल भएको र मोबाइलबाट बैंकिङ कारोबार गर्दा आम ग्राहकलाई सहज भएकोले प्रयोगकर्ता बढेको बैंकर्स बताछन् ।

बैंकहरूले आम ग्राहकलाई सुविधा दिन चार हजार एक सय ६ एटीएम, ७३ लाख  २९ हजार डेविट कार्ड, १ लाख ६० हजार क्रेडिट कार्ड, करिब ६४ हजार प्रिमेड कार्ड प्रयोगमा ल्याएका छन् । बैंक तथा वित्तीय संस्थाको शाखा बढेर ५ हजार ७ सय ८ पुगेको छ भने अझै ७ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न सकेका छैनन् ।