नेपालमा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । संक्रमणका कारण महोत्तरीका ३, बाराका २, कैलालीका २, काठमाडौं, भक्तपुर, बाँके, र मोरङका एक–एक जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ८८५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ३४ हजार ४१८ जना पुगेको छ ।