निषेधाज्ञा पछि उपत्यकामा तरकारीको भाउ आकासियो

News

कोरोनाको जोखिम बढेको भन्दै सरकारले निषेधाज्ञा जारी गरेपछि काठमाडौ उपत्यकामा तरकारीको भाउ अकासिएको छ । आपूर्ति व्यवस्था सहज बनाउने कुनै योजना विनै सरकारले लकडाउन र निषेधाज्ञाजस्ता आवतजावतमा कडाइ गर्ने व्यवस्था लागू गर्दा तरकारीको भाउ आकासिएको हो । कालिमाटीको थोक बजारमा नै हरियो ताजा तरकारीको भाउ निकै बढेको व्यापारीहरुको भनाई छ । तरकारीको भाउ नै बढ्न थालेपछि साना व्यापारीहरु पनि तरकारीको व्यवसाय गर्न आकर्षिक भएका छन् । अन्य व्यवसाय गरेका साना व्यपारिहरुले भने थोरै परिमाणमा तरकारी बिक्रिबिरण गर्न थालेका छन् । सामान्य अवस्थामा कालिमाटी बजारमा दैनिक पाँच देखि छ लाख किलो तरकारी आयात हुने गरेपनि निषेधाज्ञाका कारण आयात घटेको कालिमाटी बजारको तथ्यांकले देखाएको छ । यस्तै निषेधाज्ञा लगत्तै दैनिक उपभोग्य खाद्यान्नको मूल्यमामा समेत बृद्धि हुन थालेको गुनासो सर्वसाधारणहरुले गरेका छन् । उता कालीमाटी तरकारी बजारमा व्यापारी र उपभोक्ता दुवैले कोरोना सङ्क्रमण रोकथामका लागि सामान्य मापदण्ड पनि पालना नगर्दा थप जोखिम बढेको छ । व्यापारी र क्रेताले सामान्यतया दूरी कायम र मास्कसम्म पनि नलाएको पाएपछि कोरोना भाइरसको जोखिम थप बढेको हो । दैनिक औसतमा पाँच सय मेट्रिकटन तरकारी तथा फलफूल बिक्री हुने यस बजारमा ४ सय ५२ वटा थोक, ६५ वटा खुद्रा र २७ वटा माछा पसल छन् ।