कोरोनाले नेपाल आईडललाई पनि छोडेन

Entertainment

चर्चित रियालिटी सो नेपाल आइडलका एक सदस्यलाई कोरोना देखिएको छ । शुक्रबारको ग्राण्ड फिनालेको कार्यक्रम रेकर्ड गराएपछि कोरोना परीक्षण गर्दा एक सदस्यमा कोरोना देखिएको होे । घोषणा अघि कार्यक्रममै नेपाल आईडल सिजन ३ का एक सदस्यमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिइएको थियो ।

संक्रमणका कारण ग्राण्ड फिनालेको विजेता घोषित कार्यक्रममा जजहरु अनुपस्थित रहे भने प्रतिस्पर्धी पनि उपस्थित रहेनन् । ग्राण्ड फिनालेका सम्पूर्ण प्रस्तुतीहरु सकिए पश्चात नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजेटिभ देखिएको सूचना प्राप्त हुन आएकोले प्रस्तुती पछाडिका सम्पूर्ण कार्यक्रम स्थगित गर्दै नेपाल आइडलका प्रतिस्पर्धी तथा जजहरु आइसोलेसनमा जानुपर्ने बाध्यता आइलाग्यो । तथापी प्रतिस्पर्धी तथा आम दर्शकको भावनालाई कदर गर्दै आज बेलुका प्राप्त भोट तथा जजको मूल्यांकनको आधारमा घोषणा गरिएको छ’, निर्माण पक्षले भनेको छ ।
आइडल भने सज्जा चौलागाइ बनेकी छिन् ।