काठमाडौँ उपत्यकामा आज १८६ जनामा कोरोना पुष्टि

Health-Education

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १८६ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका १५५ जना, भक्तपुरका १२ जना र ललितपुरका १९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ८ सय ८४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार ३ सय ४० जना पुगेको छ ।