कोरोनाबाट नेपालमा थप १४ जनाको मृत्यु, १२२१ संक्रमित थपिए, उपत्यकामा थपिए ४२९ संक्रमित

Health-Education

नेपालमा थप १ हजार २२१  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै काठमाडौं उपत्यकामा ४२९ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३७२, भक्तपुरमा ४५ र ललितपुरमा १२ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२१ पुगेको मन्त्रालयले बताएको छ ।