युवाहरुले स्वस्फुर्त रूपमा निषेधाज्ञाका बीच रातो मत्स्येन्द्रनाथको तानेपछि ललितपुरको पुल्चोकमा तनाव भएको छ ।

प्रहरीले रथ तान्न रोकेपछि रथ तान्नेहरुले ढुंगामुढा गरेका छन् । प्रहरीले भने पानीको फोहोरा हान्न खोजेको छ । प्रहरीले रथ तान्नेहरुलाई अश्रुग्यास हानेको छ । तर यी सबैको बीच राति मछिन्द्रनाथको रथ भने तानिएको छ ।

आज बिहान ११ बजे रथयात्रा समिति र गुठी संस्थान बीच रथयात्रा सम्बन्धमा कुराकानी हुने निर्धारित थियो । बिहान ९:३० बजे पुल्चोकमा भेला भई दावा सिर्जना गर्ने पूर्व निर्धारित कार्यक्रम थियो ।