शुक्रवार मन्त्रिपरिषद् बैठक बस्दै छ । आजै अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने भएका छन् । शुक्रवार बिहान ११ बजे बस्ने मन्त्रिपरिषद बैठकमा खतिवडाले राजीनामा दिनेछन् । राजीनामा दिएलगत्तै अर्थमन्त्री खतिवडा पहिला अर्थमन्त्रालयमा पुगेर बिदाई हुनेछन् । आजैको क्याबिनेट बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने बुझिएको छ ।