परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले काठमाडौं स्थित भारतीय दुतावासमा पुगेर भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको शोकपत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल र नेपाली जनताकोतर्फबाट पूर्व राष्ट्रपतिको निधनमा श्रद्धासुमन व्यक्त गर्दै उनले शोकपत्रमा हस्ताक्षर गरेका हुन् ।
भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको ८४ वर्षको उमेरमा गत सोमबार निधन भएको थियो ।
कोरोना संक्रमण समेत देखिएका मुखर्जीको ब्रेन सर्जरी गरिएको थियो। त्यसयता उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको थियो। केहीसातादेखि उनी ‘डिप कोमा’ मा रहेको अस्पतालले जनाएको थियो।