प्रसाशनको चरम लापरवाही , स्वाब संकलनका लागि दिएका प्रहरी मछिन्द्रनाथको भीड नियन्त्रणमा

Health-Education

१८ प्रहरीलाई काेराेना संक्रमण ,अब के हुन्छ ?

बिहीवार पुल्चाेकमा भएकाे झडपमा रहेका १८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । १८ जनै झडप नियन्त्रणमा खटिएका प्रहरीहरू हुन् ।

शुक्रबार काठमाडौं उपत्यकामा कार्यरत ५६ प्रहरीमा कोरोना भाइरसको संक्रमण भएकोपुष्टि भएको हाे । संक्रमित हुनेमा बिहीबार ललितपुरको पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएका १८ प्रहरी समेत रहेकाे खुलेकाे हाे ।

भिड नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

कोरोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम बनाएको छ । तर ती प्रहरीलाई स्वाब दिएपछि पनि भिड नियन्त्रणमा खटाएको पाइएको छ ।

रातो मत्स्येन्द्रनाथको रथ स्वस्फूर्त तान्न खोज्ने युवालाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । झडप नियन्त्रणका लागि प्रहरी खटिएको थियो । सोहीमध्येका १८ प्रहरीमा संक्रमण देखिएको हो ।

त्यहाँ खटिएका प्रहरीमा संक्रमण भएपछि उनीहरूबाट अरूमा पनि संक्रमण फैलिएकाे हुनसक्ने आशंका गरिएकाे छ । सामान्य अवस्थामा काेराेना संक्रमितकाे कन्ट्याक्ट ट्रासिंग हुन्छ तर, पुल्चाेककाे झडप र ठूलाे भिडकाे कन्ट्याक ट्रासिंग भने अब, के हाेला भन्ने प्रश्न उठेकाे छ ।

यस्तै ललितपुर ट्राफिक प्रहरी कार्यालयका १५ जना, महानगरीय प्रहरी परिसर, काठमाडौंका १५ प्रहरी र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका ८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।