लुइस स्वारेज र रोनाल्डो एउटै क्लबबाट खेल्ने !

Sports

एजेन्सी : बार्सिलोनाका स्टार स्ट्राइकर लुइस स्वारेज इटालियन क्लब युभेन्टस जाने सम्भावना बढेर गएको छ। स्वारेजालई भित्र्याउन क्लबसँगको सम्झौतामा हस्ताक्षर गर्न जुभेन्टस तयार रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन��।

३३ वर्षे यी स्टार अब युभेन्ट्स जाने र उनले त्यहाँ रहेका अर्जेन्टिनी फरवार्ड गोन्जालो हिग्विनलाई प्रतिस्थापन गर्ने स्पेनी सञ्चारमाध्यम मार्काले जनाएको छ।

मार्काले लेखेको छ, ‘बार्सिलोना नछाड्ने लियोनल मेस्सीको निर्णयले स्वारेजले पनि यस्तै धारणा बनाउन सक्छन् भन्ने सोच्न सकिन्छ, तर स्वारेजले क्लब छाड्ने बताइसकेका छन्।’

रिपोर्टहरुका अनुसार स्वारेजले युभेन्टसमा दुई वर्षको सम्झौता गर्नेछन् र एक सिजनको १० मिलियन पाउन्डमा उनको सम्झौता हुने जनाइएको छ।

स्वारेजले युभेन्टसमा चिर प्रतिद्वन्द्वी पोर्चुगिज स्ट्राइकर रोनाल्डाेसँगै खेल्नेछन्। लगभग एउटै पोजिसनमा खेल्ने यी दुई खेलाडीको कम्बिनेसनबाट उत्कृष्ट प्रदर्शन हुने धेरैको अपेक्षा छ।