बलिउडका चर्चित अभिनेता अर्जुन कपुरलाई कोरोना पुष्टि भएको छ । अर्जुन आफैले कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत अर्जुनले आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी दिएसंगै उनलाई स्वास्थ्य लाभको कामना गर्दै शुभकामना आएका छन । तर उनले कोरोनाको कुनै लक्ष्ण भने नदेखिएको बताएका छन् ।
उनले डाक्टर र प्रशासनको सल्लाहमा आफू घरमै आइसोलेसनमा बसेको जानकारी दिए। मेरो कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ, यो कुरा तपाईंलाई जानकारी गराउनु मेरो कर्तव्य हो’, सामाजिक सञ्जाल इन्स्टाग्राममा कपुरले लेखेका छन्, ‘म ठीक छु ममा कोरोनाको लक्षण पनि देखिएको छैन, म डाक्टर र प्रशासनसँग सल्लाह गरेर घरमै आइसोलेसनमा बसेको छु।’
‘तपाईंको समर्थनका लागि म सबैलाई अग्रिम धन्यवाद दिन्छु। म मेरो स्वास्थ्यको बारेमा तपाईलाई जानकारी गराउने नै छु। यस्तो समय पहिले कहिल्यै आएको थिएन, यो असामान्य समय हो। मलाई विश्वास छ कि सम्पूर्ण मानवजगत यस भाइरसविरुद्ध लडाई लड्नेछ र युद्ध जित्नेछ’, उनले थप लेखेका छन्।