प्रचण्डका घरबेटी शारदा अधिकारी अब मिडिया मालिक, किने द हिमालयन टाइम्स

News

शैलुङ कन्सट्रक्सनका मालिक शारदाप्रसाद अधिकारी अब मिडिया साहू बनेका छन् ।

बर्खाको बेला किसानलाई मल ल्याउने ठेक्का पाए पनि नल्याएर बिजोग बनाएको भनेर चर्चामा आएका अधिकारीले अंग्रेजी दैनिक ‘द हिमालयन टाइम्स’ खरिद गरेको बताइएको छ ।

केही दिनअघि नै पत्रिका किनबेचको कारोबार भइसकेको पत्रकारहरू बताउँछन् । हिमालयन टाइम्सले पत्रकारहरुलाई तलब नदिईकन कतिपयलाई बिदा दिएको र कतिपयलाई जगेडामा राखेको थियो ।

पत्रिकाको कार्यालय अनामनगरमा रहेको छ । ठेकेदार अधिकारी प्रचण्डका घरबेटी पनि हुन् । उनकै खुमलटारस्थित भव्य भवनमा प्रचण्ड परिवार बस्दै आएको छ ।